add

आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा






ActPro Nepal

|

५ फागुन, २०७७

|
912

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने ७ करोड ५७ लाख ५० हजार बराबरको बोनस शेयर र ०.३७ प्रतिशतले हुन आउने ३९ लाख ८६ हजार ८ सय ४२ दशमलव ११ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.