add

सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान, सबैभन्दा धेरै कारोबार गर्नेमा निफ्रा






ActPro Nepal

|

५ फागुन, २०७७

|
1449

काठमाडौं । सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

कारोबारको अन्तिममा नेप्सेले २६११ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि मंगलबार नेप्सेले २६०१.५१ विन्दु पार गरेको थियो ।

बुधबार सेयर बजार मापक सूचक नेप्से ९.९४ अंकले बढेर २६११.४५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०३ कम्पनीको ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८४४ रुपैयाँ बराबरको १ करोड ७६ लाख ८८ हजार २७ कित्ता सेयर किनबेच भएका छन् ।

सोमबार कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ वटा समूहको परिसूचक राताम्मे भएका छन् । कारोबारमा आएका २०३ कम्पनीमध्ये ५८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ताको रोजाइमा इन्फ्रास्ट्रकचर बैंकको परेको छ । यसको सबैभन्दा धेरै ६९ करोड ४३ लाख ६१ बराबरको कारोबार भएको छ । दोस्रोमा नबिल बैंक परेको छ ।

कारोबार रकमकै आधारमा ग्लोबल आइएमई शीर्ष तीनमा रहेको छ । कारोबार भएका ४ कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको सेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.