add

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र प्रदेश १ को लगानी प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर, वित्तीय तथा प्राविधिक सहकार्य र सहयोग रहने






ActPro Nepal

|

४ फागुन, २०७७

|
1522

काठमाडौं । प्रदेश १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रदेश नं. १ का मुख्य मन्त्री श्री शेरधन राईको समुपस्थितिमा समझादारी पत्रमा प्राधिकरणका तर्फबाट निर्देशक डा.सरोज कोइराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रको मुल उद्देश्य प्रदेश १ मा रहेका सम्भाव्य पूर्वाधार परियोजनाहरुको पहिचान, परियोजना विकासका लागि वित्तीय तथा प्राविधिक विश्लेषण तथा योजना तयार पार्ने, परियोजनाको बजारीकरण र विकासकर्ता कम्पनी छनोट, स्वपूँजी तथा ऋण लगानीको व्यवस्थापन सहितका आवश्यक प्राविधिक सहयोग र सहकार्यका रहेको खतिवडाले जानाकारी दिए ।

सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा वित्तीय तथा प्राविधिक सहकार्य तथा आवश्यक सेवाहरूको सम्बोधन गर्ने समझदारी भएको हो ।

कार्यक्रममा निर्देशक डा. सरोज कोइरालाले प्रदेश १ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन लगायतका केही पूर्वाधारका परियोजनाहरुको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भइसकेको जानकारी दिए ।

सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश १ सँग समझदारी पत्रमा हस्ताक्षर गरेसँगै अरू प्रदेश सरकार र पालिकासँग समेत सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.