add

दोहोरो अंकले घट्यो नेप्से परिसूचक






ActPro Nepal

|

२९ माघ, २०७७

|
1170

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । बिहिबार नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ अंकमा झरेको हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापकसेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स १.६६ अंकले घटेर ४६३.४७ अंकमा झर्यो ।

बिहिबार कारोबारमा आएका मध्ये विकास बैंक, सामुहिक लगानी कोष र बैकिङ्ग बाहेक अन्य सबै समुहको सूचक घट्यो । विकास बैंकको सूचक ०.७७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै लघुवित्त समुहको सूचक घट्यो । लघुवित्त समुहको सूचक २.८८ प्रतिशत घट्यो । त्यस्तै, होटलको २.०१ प्रतिशत घट्यो ।

आज २०६ कम्पनीको १ करोड ६० लाख ५८ हजार ४ सय ५८ कित्ता शेयर किनबेच हुदाँ ८ अर्ब ४१ करोड १७ लाखको कारोबार भयो ।

बिहिबार सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका शेयर धनीले कमाए । चन्द्रागिरीको शेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँ बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सर्पोट लघुवित्तको शेयर धनी छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशत घट्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.