add

विजयसिंह वैद्यको सभापतित्वमा महासंघको व्यापार समिति विस्तार






ActPro Nepal

|

२९ माघ, २०७७

|
999

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य विजयसिंह वैद्यको सभापतित्वमा गठित व्यापार समिति विस्तार भएको छ ।

समितिका सह-सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्वकार्यकारिणी समिति सदस्यहरू ओमप्रकाश वंशल, शिवप्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ छन् ।

समितिका सदस्यहरूमा खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ, धुलिखेल उद्योग वाणिज्य संघका सचिव कोमलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका कार्यसमिति सदस्य गोविन्द बराल र नेपाल तयारी पोसाक उद्योग संघका सह-सचिव पशुपतिदेव पाण्डे रहेका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले व्यापार समिति महासंघको महत्त्वपूर्ण समिति भएकाले मुलुकभित्र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउने कार्यमा समितिले परिणामदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । त्यसका लागि समितिले महत्त्वपूर्ण विषयहरुमा सरोकारवाला निकायहरूसँग समेत सल्लाह सुझाव लिई सरकारसँग लबिइङ गर्न सुझाव दिए ।

‘मुलुकभित्र व्यापार व्यवसायलाई सहज बनाउन देखापरेका विभिन्न कठिनाइमध्ये अनुगमनको समस्या, फेयर ट्रेडको अभ्यास, व्यवसाय लागत कटौतीलगायतमा समितिले आफूलाई विशेष रुपमा केन्द्रित गरी कार्य गर्न अनुरोध गर्छु,’ उनले भने ।

यस्तै महासंघले वैदेशिक रोजगार फोरम पनि विस्तार गरेको छ । कार्यकारिणी समितिका सदस्य विष्णुप्रसाद गैरेको सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार गरेको हो । फोरमको सह-सभापतिमा प्रज्ञान न्यौपाने छन् ।

फोरमका सदस्यहरूमा कृष्ण पौडेल, सञ्‍जय निरला, सञ्‍जय देवकोटा, मोहम्मद जुनैद, मन गुरुङ, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनीता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ छन् ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालको परम्पराकाल देखिनै व्यापार व्यवसायको भूमिका माथि प्रकाश पार्दै नेपालको आन्तरिक तथा अन्तराष्ट्रिय व्यापारलाई सहज र सरल बनाउन समितिको विशेष भूमिकाको खाँचो औल्याए ।

तत्पश्चात समितिका सभापति वैद्यको अध्यक्षतामा बसेको पहिलो बैठकले व्यापार तथा आपूर्ति सहजिकरण सम्बन्धमा संबन्धित निकायसंग समन्वय गरि आवश्यक कार्यहरू गर्ने, व्यापार तथा आपूर्तिसंग सम्बन्धित ऐन कानूनहरूका बारेमा पैरवी गर्ने र व्यापार समितिका तर्पmबाट उद्योग वाणिज्य महासंघको भिजन पेपरका लागि धारणा तयार गर्ने निर्णय गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.