add

८.६६ अंकले बढ्यो नेप्से, ७ अर्ब ६४ करोडको कारोबार






ActPro Nepal

|

२८ माघ, २०७७

|
992

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ । मंगलबार करिब २९ अंकले घटेको नेप्से बुधबार ८.६६ अंकले बढेको हो ।

यसदिन सेयर बजार मापक सूचक नेप्से ८.६६ अंकले बढेर २५४३.०३ विन्दुमा पुगेको छ । १९१ कम्पनीको ७ अर्ब ६४ करोड ९४ लाख ११ हजार ३९८ रुपैयाँ बराबरको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता सेयर किनबेच भएका छन् ।

बुधबार कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने बाँकी ७ समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ६२.१५ अंकले बढेको छ भने जीवन बीमा समूह ११५.५९ अंकले घटेको छ ।

व्यापार समूह ९७ अंकले घटेको दिन उत्पादनमूलक समूह ६९ अंकले झर्‍यो भने लघुवित्त समूहमा पनि करिब ४५ अंकको गिरावट आयो । यसदिन गोर्खाज् फाइनान्सको सेयर भाउ १० प्रतिशतले बढ्दा गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र आईसीएफसी फाइनान्सको सेयर भाउ पनि ९ प्रतिशत बढीले बढ्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.