add

पुषसम्म १ खर्ब २४ अर्ब ९२ करोड शोधनान्तर बचत






ActPro Nepal

|

२६ माघ, २०७७

|
1249

काठमाडौं । शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/ ०७८ को ६ महिनामा महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२६ अर्ब ६५ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २३ करोड ५३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको छ ।

त्यस्तै समीक्षा अवधिमा चालु खाता रु.४९ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लोवर्षको सोही अवधिमा चालु खाता रु.७९ अर्ब ६५ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु.६ अर्ब ८५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.२ प्रतिशतले कमी आई रु.७ अर्ब ६६ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१२ अर्ब २० करोड रहेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.