add

११ एयरलाइन्सलाई बक्यौता बुझाउन ताकेता, कसले कति तिरेनन् ? (सूचीसहित)






ActPro Nepal

|

२६ माघ, २०७७

|
1079

काठमाडौं  । नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ वटा वायुसेवा कम्पनीहरुलाई ३० दिनभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको छ। 

प्राधिकरणले सोमबार एक सूचना निकाल्दै उनीहरुले बुझाउनुपर्ने बक्यौता रकम पटक पटक सूचना गर्दा पनि नबुझाएकाले पुनः ३० दिनको अल्टिमेटम दिएर बक्यौता बु्झाउन निर्देशन दिएको हो ।  

उनीहरुले प्राधिकरणलाई ९ करोड ६८ लाख ७४ हजार ३ सय ३० बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार  नेकोन एयर, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काइलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेजले बक्यौता तिर्न बाँकी रहेको छ ।  यी एयरलाइन्सहरु हाल सन्चालनमा छैनन् ।   अहिले बन्द अवस्था रहेपनि बक्यौता रकम भने तिरेका छैनन् । 

सूचनाअनुसार तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र सञ्चालकलाई कालोसूचीमा राख्ने स्पष्ट गरिएको छ ।

प्रचलित ऐनअनुसार सञ्चालक, एकाघरका परिवारका एवम् जमानी बस्नेहरुको जयजेथाबाट सरकारी बाँकी सरह असूल उपर गरिने उल्लेख गरिएको छ ।

रकम नबुझाएमा वायुसेवा सञ्चालक प्राधिकरणको नियमावली २०६७ को नियम ३० को उपनियम(३)  बमोजिम भविष्यमा हवाई सेवा सञ्चालन गर्न अनुमति नदिने र अन्य काम कारवाही तथा व्यापार व्यवसायमा सहभागीमा हुन नपाउने गरी कालो सूचीमा राखिने प्राधिकरणले जारी गरिएको सूचनामा बताइएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै बक्यौता रकम नेकोन एयरको छ । यो कम्पनीले ४ करोड ७० लाख ६० हजार ७ सय ५५ रुपैयाँ प्राधिकरणलाई बुझाउनु पर्ने छ।

यसैगरी कस्मिक एयरको बक्यौता रकम ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ छ। नेपाल एयरवेजले सबैभन्दा कम पाँच लाख ५५ हजार बक्यौता बुझाउन बाँकी छ।

यसैगरी शिवानी एयरले ५५ करोड ५१ लाख ५३ रुपैयाँ, अल्पाइन एयरले ७२ हजार ७२८ रुपैयाँ, गोरखा एयरले २० लाख ३५ हजार २९ रुपैयाँ, कर्णाली एयरले १७ लाख ४६ हजार ३०० रुपैयाँ र माउन्टेन एयरले १२ लाख ७३ हजार ६९४ रुपैयाँ प्राधिकरणलाई बुझाउन बाँकी छ। 

त्यस्तै प्राधिकरणलाई सांग्रिला एयरले १५ लाख ३७ हजार ८०० रुपैयाँ, स्काईलाइन एयरवेजले १५ लाख ५० हजार ४०० रुपैयाँ, एयर काष्ठमण्डले ७ लाख ३८ हजार ४४७ रुपैयाँ र नेपाल एयरवेजले ५ लाख ५० हजार ५४ रुपैयाँ बुझाउन बाँकी रहेको सूचनामा उल्लेख छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.