add

भोलिदेखि नेपालमा दोस्रो चरणको कोरोना खोप अभियान सुरु, प्राथमितामा पत्रकार र कूटनीतिक नियोगका कर्मचारी






ActPro Nepal

|

२५ माघ, २०७७

|
869

काठमाडौँ । सरकारले सोमबारदेखि कूटनीतिक कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको छ । 

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखेर सोमबारदेखि दोस्रो चरुणको  कोभिड-१९विरुद्धको खोप अभियान सुरु गरिने भएको हो । 

माघ १४ देखि शनिबारसम्मको पहिलो चरणमा १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् । पहिलो चरणको खोप लगाइसकेपछि जोखिमका आधारमा सूची तयार पारिएको हो । काठमाडौंको सिभिल, शिक्षण, सहिद गंगालाल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने मन्त्रालयमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

उनका अनुसार सिभिल अस्पतालमा पत्रकारलाई र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइनेछ । यस्तै शिक्षण अस्पताल महारागन्ज र बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ । 

सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, स्वास्थ्य स्वयंसेविका लगायतलाई खोप दिइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.