add

साताको शेयर बजार : साढे ४१ अर्बको कारोबार






ActPro Nepal

|

२३ माघ, २०७७

|
1198

काठमाडौं । धितोपत्र बजारमा यस साता ४१ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ ।

यो कारोवार रकम गत साताको तुलनामा ३ अर्बभन्दा कम हो । गत साता शेयर बजारमा ४४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताभर नेप्से कारोबारमा उतारचढाप भएपनि यो साता नेप्से परिसूचक २४७५ बिन्दु पार गरेको छ । यो साता दुई सय १५ वटा कम्पनीहरु कारोबारमा आएका थिए ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुनर्बीमा कम्पनी, ग्लोबल आइएमई बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल दुरसञ्चार कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

यो साता कारोबार भएको सुरु भएको पहिलो दिन नेप्से २३७०.५४ अंकमा पुग्दा सेन्सिटिभ भने ४३२.३३ अंकमा पुगेको थियो ।

दोस्रो दिन भने नेप्से ३७.६७ अंकले बढेर २४०८.२२ अंकमा चढ्दा सेन्सिटिभ भने ४.९५ अंकले बढेर ४३७.२८ अंकमा पुगेको थियो ।

तेस्रो दिन भने नेप्से ६५.४९ अंकले बढेर २४७३.७३ अंकमा पुग्यो । सेन्सिटिभ पनि १४.०९ अंकले बढेर ४५१.३८ अंकमा पुगेको थियो ।

चौथो दिन भने नेप्से ६.८१ अंकले घटेर २४६६.९२ अंकमा झर्दा सेन्सिटिभ ०.९६ अंकले बढेर ४५२.३४ अंकमा पुगेको थियो ।

अन्तिम कारोवार दिनमा नेप्से ८.३४ अंकले बढेर २४७५.२६ अंकमा पुग्दा सेन्सिटिभ पनि १.६७ अंकले बढेर ४५४.०२ अंकमा झरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.