add

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बिक्रि खुला






ActPro Nepal

|

२३ माघ, २०७७

|
1103

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आइपीओ) आजदेखि सर्वसाधारणको लागि बिक्रि खुला भएको छ। कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको हो। 

कम्पनीले आयोजना प्रभावित दोलखाका स्थानीयहरुको लागि माघ २२ देखि फागुन २७ २०७५ मा १८ लाख कित्ता आइपीओ बिक्रि खुला गरेको थियो। त्यस बखत आइपीओ भर्ने स्थानीय १ हजार २१६ जनाले १ लाख ३ हजार ६०० कित्ता पाएका थिए। 

त्यस बखत नबिकेको १६ लाख ९६ हजार ४०० कित्ता सहित गरि कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता आइपीओ बिक्रि खुला गरेको हो। बिक्रि खुला गरिएको मध्ये ६९ हजार ९२८ जना कित्ता हाइड्रोका कर्मचारीका लागि,१ लाख ७४ हजार ८२० कित्ता म्युचुअल फन्डको लागि र बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ।  इच्छुकले  ग्रिन लाइफको न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मको लागि आबेदन दिन पाउनेछन। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.