add

हड्तालबाट हच्किएनन् सेयर लगानीकर्ता, १५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो






ActPro Nepal

|

२२ माघ, २०७७

|
920

काठमाडौं  ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ । साताको कारोबार हुने अन्तिम दिन विहिबार नेप्से परिसूचक नेप्से ८.३४ अंकले बढेर २४७५. २६ विन्दुमा पुगेको छ । 

यसदिन २०१ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता सेयर किनबेच भएको छ ।

७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४०९ रुपैयाँको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये ६ वटा समूह घटेका छन् भने अन्य ६ समूह बढेका छन् । 

कारोबार रकम बुधबारको भन्दा कम हो । बुधबार ९ अर्ब भन्दा माथिको कारोबार भएको थियो । समूहगत रुपम हेर्दा व्यापार समूहको सबइन्डेक्स सबैभन्दा धेरै ४.५१ प्रतिशतले वृद्धि भएको छ । 

आज लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । यसको सबैभन्दा धेरै २७ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । 

कारोबार रकमकै आधारमा डेप्रोक्स लघुवित्तको २४ करोड र ग्लोबल आइएमई बैंक २० करोड सहित शीर्ष तीनमा रहे ।

आज लगानीकर्ता माइक्रोफाइनान्स कम्पनीहरुमा झुम्मिएका छन् । अन्य क्षेत्रका कम्पनीको तुलनामा यस क्षेत्रका कम्पनीले गत वर्षको नाफाबाट आकर्षक लाभांश घोषण गरेकाले लगानीकर्ता आकर्षित भएका हुन् ।

आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । जसको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  

सूयोदय, समिट, जनउत्थान, महुली सामुदायिक, नेशनल, उन्नति सहकार्य, किसान, सपोर्ट, ग्रामीण विकास र स्वाभिमान लघुवित्तका सेयरधनीले १० प्रतिशत नाफा कमाएक छन् ।

यसैगरी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, राधि हाइड्रो, माउन्टेन हाइड्रो, पाँथथर पावर र वरुण हाइड्रोपावरको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.