add

एभरेष्ट बैंकका लगानीकर्ताले साढे १० प्रतिशत लाभांस पाउने






ActPro Nepal

|

२८ पुष, २०७७

|
927

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरुलाई साढे १० प्रतिशत लाभांस दिने भएको छ । 

बैंकको सोमबार जुममार्फत बसेको २६ औं बार्षिक साधारणसभाले ५ प्रतिशत बोनस सेयर र ५ दशमलव ५३ प्रतिशत नगल लाभांस प्रस्ताव पारित गरेको हो ।

बैंकको साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

बैंकले प्रस्तावित बोनस सेयर जारी भए पश्चात चुक्ता पुँजी बृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९ दशमलव ९१ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिणत भए पश्चात संस्थापक समूह र सर्वसाधारण समूहको सेययर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नुपर्ने प्रस्तावसमेत छलफल गरि पारित गरेको छ ।

यस्तै साधारणसभामा आगामी ४ बर्षका लागि सर्वसाधारण सेयरधनिहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक नबिन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्विरोध निर्वाचित भएको भनि निर्वाचन अधिकृतले घोषणासमेत गरेका हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.