add

प्रादेशिक उडान विकेन्द्रीकरण गर्ने मन्त्री ढकालको घोषणा, विराटनगरबाट लुक्लालगायतका गन्तब्यमा उडान हुने






ActPro Nepal

|

२६ पुष, २०७७

|
1581

काठमाडौं । संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगरबाट लुक्ला लगायतका प्रादेशिक उडानका विषयमा विकेन्द्रीकरण गर्ने बताएका छन् । 

उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा शनिबार आयोजित पर्यटन व्यवसायीका समस्या एवं छलफल कार्यक्रममा उनले निजगढ, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको भ्रमणपश्चात् यस सम्बन्धमा आवश्यक नीतिगत निर्णय गरी पहल गर्ने जानकारी दिए ।

मन्त्री ढकालले कोभिड महामारीले पर्यटन व्यवसायी धरासायी भएको सम्बन्धमा अवगत भएको बताउँदै उनीहरुलाई दुःख र अप्ठ्याराको समयमा अभिभावक छ भन्ने अनुभूति गराई सकारात्मक ढङ्गले समस्या समाधानमा प्रयत्न गर्ने विश्वास दिलाए । उनले वर्तमान सरकारले धार्मिक पर्यटनमा मुख्यरुपमा ध्यान केन्द्रित गरेको बताउँदै पशुपतिनाथमा आउने भारतीय र लुम्बिनीमा आउने चिनियाँ पर्यटकलाई विश्वासिलो वातावरण पु¥याउन निजी क्षेत्रको सहयोगमा कार्य गर्ने धारणा राखे ।

मन्त्री ढकालले प्रदेश नं १ मा धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थानका धेरै ठाउँ अन्य क्षेत्रमा अगाडि रहेको छ भन्दै यसलाई विकाउ बनाउनका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले काठमाडौँ, पोखरा, सौराहाको तुलनामा यस क्षेत्रमा पर्यटक कम आउने आफूले अनुभव गरेको चर्चा गर्दै पर्यटकीय क्षेत्रमा उनीहरुको बसाई लम्ब्याउन आवश्यक पूर्वाधार निर्माणमा निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

छलफल कार्यक्रममा सङ्गठनका अध्यक्ष भीम घिमिरे, सङ्घका अध्यक्ष प्रकाश मुन्दडा, पर्यटन व्यवसायी भविष श्रेष्ठ, तुलसी पोखरेल, होटल व्यवसायी पुण्य भट्टराईले भारतीय पर्यटकको आवागमनका लागि व्यवस्थितरुपमा सीमा खोल्नुपर्ने, प्रादेशिक र छिमेकी राष्ट्रमा एटिआर विमानबाट उडान सञ्चालन गर्नुपर्ने, होटल व्यवसायीलाई बैंक व्याजमा सरकारले सहयोग उपलव्ध गराउनुपर्ने, सुनसरीको बराहक्षेत्रमा धार्मिक मेला सञ्चालन गर्नुपर्ने, भारतीय सवारी साधनमा आएका पर्यटकलाई प्रहरीबाट हुने दुःख हटाउनुपर्ने लगायतका सुझावलाई समाधान गर्न आग्रह गरेका थिए ।-रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.