add

देशभर ३० हजार सहकारीमा ७३ लाख मानिस आवद्ध, कुन प्रदेशमा कति ?






ActPro Nepal

|

२० पुष, २०७७

|
1032

काठमाडौं ।  देशभरका सहकारीले ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

सहकारी विभागले देशभरका सहकारीबारे संकलन गरेको तथ्यांकअनुसार २९ हजार ८ सय ८६ वटा सहकारी संस्थाले उक्त मानिसहरुलाई रोजगारी दिएको हो । तथ्यांकअनुसार सहकारी संस्थामा ७३ लाख ७ हजार ४ सय ६२ जना आवद्ध भएका छन् ।

मुलुकभर रहेका २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था मध्ये संघीय सरकार अन्तर्गत १ सय २५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेका छन् ।

सहकारी संघसंस्थामा आवद्ध कूल सदस्य संख्या ७३ लाख ७ हजार ४ सय ६२ रहेका छन् । कूल सदस्य मध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेका छन् । पुरुष सदस्य सङ्ख्याको तुलनामा महिला सदस्य सङ्ख्या १२ प्रतिशत बढी हो ।

देशभरका रहेका सहकारीमा कूल शेयर पूँजी रु. ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८ सय ३ रहेको छ । त्यसैगरी, बचत संकलन रु.४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४ सय ७३ र कूल ऋण लगानी रु.४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ रहेको छ ।

प्रदेश १ मा कुल सहकरी सङ्ख्या ४ हजार ७ सय ३७ रहेको छ । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ९ लाख ३५ हजार ७ सय रहेका छन् । जसमा महिला ५ लाख २ सय ४९ र पुरुष ४ लाख ३५ हजार ४ सय ५२ जना रहेका छन् ।

यस प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी ८ अर्ब २० करोड २ लाख ८७ हजार ३ सय ७२ रुपयाँ, कुल बचत सकलन ४१ अर्ब २१ करोड ४२ हजार ८ सय ९ रुपयाँ र कुल ऋण लगानी ३८ अर्ब ९५ करोड २९ लाख १५ हजार १ सय ७ रुपयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत २० हजार ६ सय ८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रदेश २ मा कुल सहकरी सङ्ख्या ४ हजार १ सय ५३ रहेको छ । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ५ लाख ५५ हजार १ सय ९७ रहेको छ ।

जसमा महिला २ लाख ५२ हजार १ सय १२ र पुरुष ३ लाख ३ हजार ८५ जना रहेका छन् । प्रदेश २ मा रहेका सहकारीको कुल शेयर पुँजी २ अर्ब ३६ करोड ५२ लाख ४६ हजार १ सय ५८ रुपयाँ, कुल बचत सङ्कलन २३ अर्ब १९ करोड ९६ लाख ४१ हजार ३ सय १३ रुपयाँ र कुल ऋण लगानी १५ अर्ब ५ करोड ११ लाख ९८ हजार ६४ रुपयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत १० हजार ८ सय ४३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

बाग्मती प्रदेशमा कुल सहकरी सङ्ख्या १० हजार ४ सय १८ रहेको छ । यो सबैभन्दा बढी सहकारी संघसंस्था भएको प्रदेश हो । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या २७ लाख १७ हजार ४ सय ६९ रहेको छ ।

जसमा महिला १४ लाख ५७ हजार २ सय २ र पुरुष १२ लाख ६० हजार २ सय ६७ जना रहेका छन् । बाग्मती प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी ५१ अर्ब ४० करोड ६४ लाख २७ हजार ७ सय २४ रुपयाँ, कुल बचत सकलन २ खर्ब १४ अर्ब ६६ करोड २२ लाख ५ हजार ८ सय ६० रुपयाँ र कुल ऋण लगानी १ खर्ब ९९ अर्ब ८६ करोड ४७ लाख २४ हजार ४ सय ३४ रुपयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत ३३ हजार ८ सय ९२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

गण्डकी प्रदेशमा कुल सहकारी सङ्ख्या २ हजार ६ सय ७१ रहेको छ । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ११ लाख १६ हजार ६ सय ३२ जना रहेको छ ।

जसमा महिला ६ लाख ४२ हजार १ सय ३० र पुरुष ४ लाख ७४ हजार ५ सय २ जना रहेका छन् । यस प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी २२ अर्ब ५ करोड ९ लाख ६७ हजार २ सय ४६ रुपँया, कुल बचत सङ्कलन ८६ अर्ब ७ करोड ४५ लाख ७१ हजार ६ सय ९२ रुपँया र कुल ऋण लगानी ८८ अर्ब ३७ करोड ८० लाख ६१ हजार ४ सय ३३ रुपँया रहेको छ । यस प्रदेशमा सहकारी मार्फत ७ हजार ६ सय ३८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

लुम्बिनी प्रदेशमा कुल सहकरी सङ्ख्या ३ हजार ७ सय ५५ रहेको छ । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ८ लाख ९८ हजार ६ सय ११ जना रहेको छ ।

जसमा महिला ५ लाख ७६ हजार ३ सय १२ जना र पुरुष ३२ लाख २२ हजार २ सय ९९ जना रहेका छन् । यस प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी ५ अर्ब ८२ करोड २२ लाख ९७ हजार ५० रुपयाँ, कुल बचत सकलन ५९ अर्ब ९६ करोड ३७ लाख ६८ हजार ४ सय ६७ रुपयाँ र कुल ऋण लगानी ४० अर्ब ८० करोेड ६८ लाख ४ हजार ३२ रुपयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत ६ हजार ९ सय ८९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कर्णाली प्रदेशमा कुल सहकारी सङ्ख्या १ हजार ९ सय ६७ रहेको छ । यो सबैभन्दा कम सहकारी संघसंस्था रहेको प्रदेश हो । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ४ लाख ४ हजार ९ सय ५६ जना रहेको छ ।

जसमा महिला २ लाख ७२ हजार ३३ जना र पुरुष १ लाख ३२ हजार ९ सय २३ जना रहेका छन् । यस प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी १ अर्ब ९१ करोड ८० लाख ७३ हजार ४ सय ९८ रुपयाँ, कुल बचत सङ्कलन ८ अर्ब ८६ करोड ८१ लाख ७८ हजार ७ सय ९२ रुपयाँ र कुल ऋण लगानी ७ अर्ब ९२ करोड ५२ लाख ४८ हजार ४ सय ८५ रुपयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत ४ हजार ५ सय ३४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सुदुरपश्चिम प्रदेश मा कुल सहकारी सङ्ख्या २ हजार ६० रहेको छन् । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ५ लाख ४२ हजार ९ सय ८९ रहेको छ । जसमा महिला ३ लाख १९ हजार १०० जना र पुरुष २ लाख २३ हजार ८ सय ८९ जना रहेका छन् ।

यस प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी २ अर्ब १ करोड ५० लाख ८७ हजार ७ सय ९७ रुपयाँ, कुल बचत सङ्कलन १० अर्ब ४४ करोड ३४ लाख ९६ हजार ९ सय ४१ रुपयाँ र कुल ऋण लगानी ११ अर्ब ४९ करोड ९५ लाख ८५ हजार ३ सय ३१ रुपयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत २ हजार ८ सय १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.