add

प्रभु लाइफको शेयर आइतबारबाट कारोबारमा ल्याउने कम्पनीको तयारी






ActPro Nepal

|

१७ पुष, २०७७

|
1056

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आगामी सातादेखि कारोबारमा ल्याउने तयारी कम्पनीले गरेको छ ।

आइतबारदेखि कारोबारमा ल्याउने गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरणको निवेदन पेश भैसकेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले यसै साताभित्र नेप्से र सिडिएससीमा सूचीकरण प्रकृया सम्पन्न गर्ने गरी प्रकृया अघि बढाएको जानकारी दिए । 

गत मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको कम्पनीले ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।

आईपीओ निष्काशन भएसंगै कुल कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.