add

जडीबुटीको निर्यात बढ्यो,३१ करोड ३७ लाखको निकासी






ActPro Nepal

|

१७ पुष, २०७७

|
1643

काठमाडौं । नेपालबाट भारततर्फ निकासी हुने जडीबुटी निर्यातमा वृद्धि भएको छ । हिमाली क्षेत्रमा पाइने टिमुर, रिठ्ठा, पदम्चाल, चुत्रो, चिराइतो लगायतका जडीबुटी भारत, चीन, युरोप लगायतका देशमा निर्यात भइरहेका छन् ।

सबैभन्दा धेरै भारतमा निकासा हुने गरेको छ । नेपाल राष्ट्र बैकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक अनुसार कात्तिक मसान्तसम्ममा भारततर्फ रू. ३१ करोड ३७ लाख मूल्य बराबरको जडीबुटी निकासी भएको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिका तुलनामा ५९.१ प्रतिशत धेरै हो। 

भारतबाट जडीबुटीको माग बढेको नभई बन्दाबन्दीमा रोकिएको निर्यात एकै पटक हुँदा निर्यात बढेको देखिएको व्यवसायीको दाबी छ ।

भारतमा सबैभन्दा बढी रिठ्ठा, कुट्की, दालचिनी, पाखनवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाइ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामसी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइल लगायतका जडीबुटी निकासी हुँदै आएको छ ।

भारततर्फको जडीबुटी निर्यात बढेपनि तेस्रो मुलुकहरू तर्फको निर्यात भने ४१ प्रतिशत खस्किएको छ। कात्तिकसम्ममा रू. ११ करोड ४२ लाखको मात्र जडीबुटी निर्यात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिमा रू. १९ करोड ३२ लाखको निर्यात भएको थियो। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.