add

दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ७० करोडको कारोबार






ActPro Nepal

|

१६ पुष, २०७७

|
1186

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) हरियाली छाएको छ ।  बुधबार पनि बढेको बजार आज पनि दोहोरो अंकले बढेको हो । 

आज नेप्से २५.२१ अंकले बढेर दुई हजार ८७ दशमलब २७ विन्दुमा पुगेको छ भने ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।  नेप्से परिसूच्कसँगै कारोबार रकममा पनि सुधार भएको छ ।

यस अघि बुधबारको कारोबारमा सेयर कारोबार रकम ४ अर्ब रुपैयाँमा सिमित भएको थियो । बिहीबार भने साढे ५ अर्ब भन्दा माथिको कारोबार भएको छ । दिनभर भएका ५० हजार ३ सय ८६ कारोबारबाट २ सय ७ कम्पनीका १ करोड १४ लाख ६४ हजार २ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८ सय ३७ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । नेप्सेमा कारोबार हुने निर्जिबन बिमा समूहबाहेक सबै समूहहरु बढेर हरियाली देखिएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.