add

नेपाल इन्भेस्टमेन्ट बैंकको २० औं एक्सटेन्सन काउन्टर ललितपुरको मंगलबजारमा






ActPro Nepal

|

१३ पुष, २०७७

|
1257

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको मंगलबजारमा आफ्नो २० औं एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सेवा सञ्चालनलाई विस्तार गरेको छ । 

एक्सटेन्सन काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे। 

बैंकले आफ्ना ८३ शाखाहरु, १२६ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) बाट बैंकले ‘ए’ वर्गको क्रेडिट रेटिङ पाएको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.