add

२५ वाणिज्य बैंकको लाभांश घोषणा, कसको कति ?






ActPro Nepal

|

७ पुष, २०७७

|
1579

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत २६ वटा बैंकमध्ये हालसम्म २५ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् ।

बैंकहरुले आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन । 

सोमबार बिहान एनएमबी बैंक,सेन्चुरी कमर्शियल र दिउँसो नबिल बैंकले लाभांश घोषणा गरेसंगै आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश घोषणा गर्ने बैंकको संख्याको २५ पुगेको हो ।  

हालसम्म लाभांश घोषणा गरेका मध्ये नबिल बैंकले सबै भन्दा धेरै ३५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, हिमालयन बैंक र एनआईसी एसिया बैंक क्रमश दोस्रो र तेस्रो लाभांश धेरै वितरण गर्ने सुचीमा  छन् । सेन्चुरी कमर्शियल बैंकले सबैभन्दा कम (७.५ प्रतिशत) लाभांश प्रस्ताव गरेको छ ।  हालसम्म घोषणा भएका २६ बैंकको औसत लाभांश १३.४३ प्रतिशत रहेको छ । 

अब सिभिल बैंकले लाभांश घोषणा गर्न बाँकि छ ।  

हेर्नुस कुन बैंकको लाभांश कति ?

यो वर्ष सबैभन्दा बढी लाभांश नबिल बैंकले दिएको छ । बैंकले ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यसमध्ये ३३.५ प्रतिशत बोनस शेयर तथा १.७६ प्रतिशत नगद लाभांश दिने घोषणा गरिएको छ । यो लाभांश अघिल्लो वर्षको तुलनामा १.२६ प्रतिशत विन्दुले बढी हो । अघिल्लो वर्ष बैंकले ३४ प्रतिशत लाभांश दिएको थियो ।

नबिल बैंकले ३५ प्रतिशत भन्दा धेरै लाभांश दिए पनि दोस्रो हुने बैंकले भने योभन्दा निकै कम लाभांश दिएका छन् । हिमालयन बैंक र एनआईसी एशिया बैंकले २०/२० प्रतिशत लाभांश दिने घोषणा गरेका हुन् । एनआईशी एशिया बैंकले १९ प्रतिशत बोनस सेयर तथा १ प्रतिशत नगद लाभांश तथा हिमालयन बैंकले १४ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन् । यसमध्ये एनआईसी एशियाको लाभांश साधारणसभाबाट पास समेत भइसकेको छ ।

यी दुई बैंकपछि सबैभन्दा बढी लाभांश दिने चौथो बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक आएको छ । सो बैंकले १८.५ प्रतिशत लाभांश दिएको छ । यो लाभांशमध्ये १३ प्रतिशत बोनस शेयर तथा ५.५ प्रतिशत नगद लाभांश रहेको छ ।

त्यस्तै, एनएमबि बैंकले १६.२ प्रतिशत लाभांश घोषणा गरेकोमा १३ प्रतिशत बोनस शेयर तथा ३.२ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ ।

नेपाल बैंक, बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंकले समान १६ प्रतिशत लाभांश घोषणा गरेका छन् । त्यसमध्ये ग्लोबल आईएमईले १४ प्रतिशत बोनस र २ प्रतिशत नगद, बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद तथा नेपाल बैंकले १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हुन् । यसमध्ये बैंक अफ काठमाण्डूको लाभांश वितरण भइसकेको छ ।

त्यस्तै, कृषि विकास बैंक १५.७८९५ प्रतिशत लाभांश सहित लाभांशको नवौं सूचीमा रहेको छ । बैंकले १५ प्रतिशत बोनस शेयर र यसमा लाग्ने करका लागि नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्राइम कमर्शियल बैंक र सिद्धार्थ बैंकले समान १५/१५ प्रतिशत लाभांश दिने निर्णय गरेकोमा प्राइमको १५ प्रतिशत नै बोनस शेयर र सिद्धार्थ बैंकको १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ ।

अघिल्लो वर्ष लाभांशमा निकै तल रहेको कुमारी बैंक यो वर्ष निकै माथि उक्लिएको छ । कुमारी बैंकले यो वर्ष १४ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा १०.८५ प्रतिशत बोनस र बाँकी ३.१५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको भन्दा बढी हो ।

सानिमा बैंक यो वर्ष धेरै लाभांश दिने बैंकको सूचीको १३ औं नम्बरमा परेको छ । यो बैंकले यो वर्ष १० प्रतिशत बोनस र बाँकी ३.६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

त्यस्तै मेगा बैंकले १० प्रतिशत नगद लाभांश र ३.०५ प्रतिशत नगदसहित १३.०५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत नगद लाभांश र ४.८४ प्रतिशत नगदसहित ११.८४ प्रतिशत, लक्ष्मी बैंकले ९.५ प्रतिशत नगद लाभांश र २ प्रतिशत नगदसहित ११.५ प्रतिशत तथा सिटिजन्स बैंकले ८ प्रतिशत नगद लाभांश र ३ प्रतिशत नगदसहित ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् । यीमध्ये मेगा बैंकको लाभांश अघिल्लो वर्षको भन्दा बढी हो भने अरु बैंकको लाभांश अघिल्लो वर्षभन्दा कम हो ।

त्यसबाहेक एनसीसी बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंककमे लाभांश पनि दोहोरो अंकमै छ । एनसीसी बैंकले १०.२६९५ प्रतिशत बोनस शेयर र ०.५४०५ प्रतिशत नगदसहित १०.८१ प्रतिशत, एभरेष्ट बैंकले ५ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगदसहित १०.५ प्रतिशत, प्रभु बैंकले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगदसहित १०.५२६३ प्रतिशत तथा माछापुच्छ्रे बैंकले ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगदसहित १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । माछापुच्छ्रे बैंकले यसअघि अग्रिम लाभांश दिएको कारणले यो वर्ष लाभांश कम देखिएको हो ।

हालसम्म घोषणा गरेकामध्ये नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, सनराइज बैंक र सेञ्चुरी बैंकको लाभांश भने एकल अंकमा सीमित रहेको छ । एसबीआई बैंकले ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगदसहित ९.४७ प्रतिशत, नेपाल बंगलादेश बैंकले ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगदसहित ८.४२ प्रतिशत, सनराइज बैंकले ५.८ प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगदसहित ८.२८ प्रतिशत तथा सेञ्चुरी कमर्शियल बैंकले ५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगदसहित ७.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् ।

कुन बैंकले शेयरधनीलाई बनायो उत्साहित ?

लाभांश घोषणापछिको दोस्रो बजारको मनोविज्ञानलाई नियाल्दा हिमालयन बैंक, एनआईशी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल, बैंक कुमारी बैंक तथा मेगा बैंकका शेयरधनीहरु उत्साहित रहेको पाइएको छ । लाभांश घोषणापछि खुलेको शेयर बजारमा वृद्धि देखिएको थियो भने बिक्री भन्दा खरिदको चाप बढी देखिन्थ्यो । नबिल बैंकको लाभांशको बजार प्रतिक्रिया आउन बाँकी रहे पनि यो लाभांशप्रति पनि लगानीकर्ताहरु उत्साहित हुने सम्भावना छ ।

यसबाहेकका बैंकहरुदेखि भने लगानीकर्ता निराश देखिएका छन् । सबैभन्दा बढी निराश स्ट्यान्डर्ड चार्टर्ड बैंक तथा एभरेष्ट बैंकदेखि भएका छन् । त्यस्तै, प्रभु बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, सनराइज बैंक लगायतका बैंकको लाभांशदेखि पनि लगानीकर्ताहरु सन्तुष्ट छैनन् । नेपाल बैंकको लाभांश अपेक्षित नै भए पनि बोनस शेयर कम हुँदा लगानीकर्ता त्यति उत्साहित देखिएनन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.