add

एनएमबि बैंकको लाभांश घोषणा






ActPro Nepal

|

६ पुष, २०७७

|
1164

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.२० प्रतिशत नगद गरि कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो लाभांश पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । १३ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ नाघ्ने छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनसदर २१ प्रतिशत र नगद लाभांश १४ प्रतिशत रहेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.