add

महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक साढे ७ करोड ठगीमा पक्राउ, ६ जना विरुद्ध बैंकिङ कसुरमा मुद्दा






ActPro Nepal

|

६ पुष, २०७७

|
1523

काठमाडौं । महालक्ष्मी विकास बैंकमा घोटाला गरेको आरोपमा शाखा प्रबन्धक सहित ६ जना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले महालक्ष्मी बिकास बैंकको शाखा कार्यालय कुमारीपाटीको प्रवन्धकहरु लगायत ऋणी पुर्ण राई समेत पक्राउ गरेको हो ।

शाखा प्रबन्धक र ऋणीहरुले मिलोमतो गरि कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन गरि बढी ऋण लिएर बैंकिङ ठगी गरेको आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीहरुले मिलेमत्तोमा साँवा र व्याज गरी ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ गठी गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले झुटा विवरणको आधारमा अत्याधिक कर्जा लिएर नतिरी हानी नोक्सानी पुर्याएको आधारमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा मंसिर २६ गते ऋणीहरु आज पुस ५ गते महालक्ष्मी बिकास बैंक कुमारीपाटी शाखाका शाखा प्रवन्धक र पुर्व शाखा प्रवन्धकहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरी बैंकिङ कसूर मुद्दा शिर्षकमा आवश्यक कानूनी प्रकृया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.