add

एनआईसी एसिया बैंकले शुरु गर्‍यो कर्पोरेट पे’ प्रणाली, अब बैंक खाताबाटै विद्युतीय भुक्तानी






ActPro Nepal

|

२९ मंसिर, २०७७

|
1360

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुआत गरेको छ।

यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेू तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

बैंकले यो डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहकले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्ने जनाएको छ।

यो प्रणालीमार्फत कनेक्ट आईपीएस वा एनसीएचएल–आईपीएस भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा रहेको छ।

यो ‘कर्पोरेट–पे’ प्रणाली सुरुआत गर्न ग्राहकले बैंकबाट आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सक्ने बैंकले जनाएको छ। यस प्रणाली सुरुआत गरेपश्चात प्रयोगकर्ताहरू आफैँले तोकिएको कारोबार सीमाभित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्नेछन्।

यो प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथेन्टिकेसनको व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताले मात्र पाउने सुरक्षित बाटोको व्यवस्था गरिएको छ । साथै ग्राहकले आवश्यकताअनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरूसमेत आबद्ध गरी कारोबार गर्न सकिने सुविधा रहेको छ। यो प्रणालीको प्रयोगले बैंकको शाखामा नपुगी विभिन्न भुक्तानी अनलाइनबाट नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकलाई अझ सहज हुनेछ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अपनारहेको एनआईसी एसिया बैंकले समयअनुरुप विभिन्न डिजिटल बैंकिङका योजनाहरूका साथ आमजनमानसमाझ आफ्नो बलियो उपस्थिति जनाइसकेको छ।

सोही रणनीतिअनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस ‘कर्पोरेट–पे’ प्रणालीमार्फत संस्थागत ग्राहकले सहज एवं सरल रुपमा सुविधा उपभोग गर्न सक्नेछन्।

स्मार्टफोन प्रयोगकर्ताको संख्या उल्लेख्य वृद्धि भएसँगै डिजिटल कारोबार गर्ने ग्राहकको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको बैंकले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.