add

कुमारी बैंकद्वारा मङ्सिर २९ गते वार्षिक साधारणसभा आह्वान






ActPro Nepal

|

७ मंसिर, २०७७

|
1337

काठमाण्डौ । कुमारी बैंक लिमीटेडले आगामी मङ्सिर २९ गते सोमबार आफ्नो २० औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले बैंक कै रजिस्टर्ड कार्यालय टंगालमा सभा आह्वान गरेको हो ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम  लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट  चुक्ता पुँजीको १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

सभामा संचालक समितिको प्रतिवेदन पेश गरि पारित गर्ने, अन्य वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पारित गर्ने, प्रबन्धपत्रमा संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने, मर्जर तथा प्राप्ति समबन्धि कार्य गर्ने अख्तियारी संचालक समितिलिई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.