add

नविल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल






ActPro Nepal

|

२१ असोज, २०७७

|
1148

काठमाडौं । नविल बैंक लिमिटेडको अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याल नियुक्त भएका छन्। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई बैंकको अध्यक्ष पदमा नियुक्र गरेको हो।

अध्यक्षको शम्भु प्रसाद पौड्यालको पदावधि सकिए लगतै उनलाई बैंकले उपेन्द्र नयाँ अध्यक्षका लागि चयन गरेको हो।

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब तीन वर्षपछि अध्यक्ष बनाएको हो। उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत रहेका छन्।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए।

नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ। अध्यक्ष शम्भु प्रसाद पौड्याल र सदस्य दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो।

२०७२ वैशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका शम्भु प्रसाद पौड्यालको पदावधि असोज १७ गते सकिएको छ। नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.