add

बेडुवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक






ActPro Nepal

|

४ असोज, २०७७

|
987

काठमाडौं। नेपाल आइडल सिजन ३ का फस्ट रनरअप प्रविण वेडवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक भएको छ।

शाष्त्रिय संगीतमा रहेर तयार गीतमा अग्रज गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत सुन्न सकिन्छ। प्रमिल शब्दले भरिएको गीतलाई लाई नविन नेपालले लेखेका हुन्।

विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका रचनाकार नेपालले गीत सार्वजनिक गर्दै नेपाली गीत-संगीत प्रतिको झुकावकै कारण नयाँ गीत बजारमा लिएर आएको बताए।

यस्तै गीतका संगीतकार नरेन्द्र प्यासीले लामो समयको अन्तरालमा शाष्त्रिय संगीतमा रहेर नव प्रतिभा बेडुवालसँग रहेर नयाँ गीत बजारमा ल्याउँन पाउँदा निकै खुसी लागेको बताए।

‘फिल’ स्टुडियो रेकर्ड गरिएको गीतमा रोशन शर्माको चतुरंग, कमार महाराजको तवला, विनोदकुमार भुजेलको गीटार र नगेन्द्र राईको बाँसुरी सुन्न सकिन्छ। लिरिकल भिडिओसहित सार्वजनिक गीत नेपाल विशेषको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.