add

द टाइम्स इन्टरनेशनल कलेज नै किन रोज्ने ? यस्ता छन् १० कारणहरु






ActPro Nepal

|

२ असोज, २०७७

|
723

‘हामी हजुरलाई सामान्य अपेक्षाभन्दा टाढा नयाँ दिशामा डोर्याउछौँ  भन्ने मुल नाराका साथ २० वर्ष अघि शिक्षा क्षेत्रमा लामो समय अनुभव समेट्नुभएका र शैक्षिक मर्म बुझेका दिग्गज व्यक्तित्वहरूबाट स्थापना भएको कलेज हाे द टाइम्स इन्टरनेशनल । स्थापना पश्चात् यस कलेजले दक्ष नागरिक उत्पादनमा आफूलाई अहोरात्र क्रियाशील राखेको छ । राष्ट्रिय परीक्षा बोर्ड, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त द टाइम्स इन्टरनेशनल कलेज काठमाडौंको मुटु डिल्लिबजारमा अवस्थित छ । विभिन्न विशेषताहरूले भरिएको यस कलेजलाई विद्यार्थीले रोज्नैपर्ने १० मूल विशेषताहरुलाइ यसरी व्याख्या गर्न सकिन्छ ।

विशेषता नं– १ः शतप्रतिशत रिजल्ट दिने कलेज

दक्ष र अनुभवी शिक्षक–शिक्षिकाहरूबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने द टाइम्स इन्टरनेशनल कलेज शतप्रतिशत रिजल्ट दिईरहन सफल छ । यस कलेजमा प्लसटु भन्दा माथि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिसिए, बिबिएम, बिए, बिएसडब्लु, बिबिएस, एमबिएससम्मको अध्ययन गर्न पाईन्छ ।

विशेषता नं. – २ः प्रयोगात्मक र व्यावहारिक पठनविधि

द टाइम्स कलेजको पठनविधि व्यावहारिक र प्रयोगात्मक छ । यस्ताे पठन विधिले विद्यार्थीको ज्ञान, सिप, र क्षमता विकासमा ठुलो सहयोग पुर्‍याउँछ । अर्थात विद्यार्थीको नतिजा रिजल्टमा आउने उत्कृष्ट नम्बरमा मात्रै सीमित नराखी उनीहरूको दैनन्दिनमा प्रयोगमा आउने संस्कार, बोली वचन, बजारमा प्रस्तुत हुँदा उनीहरूमा विकसित आत्मनिर्भरता र नेतृत्वदायी भूमिकामा समेत विद्यार्थीलाई उजागर गर्दै लैजाने खालको अध्ययन शैली द टाइम्स कलेजले अबलम्बन गरेको छ । द टाइम्स कलेजले जीवनकै परीक्षा सफल बनाउने रोडम्याम समेत तयार गर्न विद्यार्थीलाई मद्दत गरिदिन्छ ।

विशेषता नं. – ३. आकर्षक भौतिक पूर्वाधार

अत्याधुनिक र आकर्षक भवनमा सञ्चालित यो कलेजमा बृहत् पुस्तकालय, साइन्स ल्यााब, खेलमैदान, क्यान्टिन, यातयात र स्वास्थ्य लगायतका सम्पूर्ण सुविधाहरू रहेका छन् । शान्त र पढौँ पढौँ लाग्ने वातावरण भएको द टाइम्स कलेजले सहजलाग्दो वातावरणमा अध्ययन–अध्यापन गराउने गर्छ । कलेजमा फिजिक्स, बायोलाजी, केमेस्ट्री, कम्युटर साइन्स लगायतका छुट्टाछुट्टै र बृहत्त ल्याबहरू छन् भने होटल व्यवस्थापन विषय पढ्ने र पर्यटन विषय पढ्ने विद्यार्थीहरूका लागि सोही अनुरूपको प्रयोगात्मक सीप उपलब्ध रहेको छ ।

विशेषता नं. – ४ः अतिरिक्त क्रियाकलापमा अब्बल

अध्ययन अध्यापनका साथसाथै यस कलेजले विद्यार्थीलाई विभिन्न अध्ययन भ्रमण, प्रोजेक्ट वर्क, गोष्टी लगायत अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको क्षमता विकास गराउने गर्दछ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बास्केटबल कोर्ट भएको यो कलेजले द टाइम्स बास्केटबल क्लब समेत स्थापना गरेको छ । सो क्लबले २०७६ सालको नेपाल बास्केटबल लिगको उपाधि जित्न सफल भएको थियो भने थुप्रै बास्केटबल खेलाडीहरू उत्पादनमा समेत योगदान पुर्याएको छ ।

त्यसैगरी फुटबल र फुटसल खेलहरूमा सधैं यहाँको टिमले अब्बल साबित हुँदै विभिन्न अवार्डहरू जितिरहेको हुन्छ । त्यतिमात्र होइन, राष्ट्रिय स्तरमा हुने हाजिरीजबाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगितामा समेत यहाँका विद्यार्थीहरूले सधैं उत्कृष्ट स्थान हासिल गरेका छन् । यसरी विद्यार्थीको मनोविज्ञान अनुसार यी विविध खेलकुदलाई पनि विशेष प्राथमिकता दिँदै आएको छ । खेलकुदले विद्यार्थीलाई अनुशासित, स्वस्थ र गतिशिल बनाउने कलेजको बुझाइ भएकोले प्रत्येक खेलका राष्ट्रिय स्तरका खेलाडीलाई कोचका रूपमा नियुक्त गरी यसप्रकारका गतिविधि निरन्तर रूपमा अगाडि बढाइरहेको छ ।

विशेषता नं. – ५ः निजी क्षेत्रको आकर्षक तर सर्वसुलभ कलेज

द टाइम्स कलेजले निजी क्षेत्रको ठूलो र आकर्षक कलेजको परिचय बनाएको छ । यस कलेजमा विद्यार्थीका लागि सरकारी मापदण्डभन्दा बढी छात्रवृत्तिको व्यवस्था रहेको छ । गरिब, बिपन्न, दुर्गम ठाउँबाट आउने विद्यार्थीहरूका लागि यस कलेजले कोटा छुट्टयाइएको हुनाले र अन्य कलेजले जस्तो विद्यार्थीलाई पैसाकै कारणले पढ्न नपाउने अवस्थाबाट वञ्चित हुनुपर्ने अवस्था यस कलेजले सृजना हुन दिँदैन । यो स्तरको कलेजले त्यतिको संख्यामा छात्रवृत्ति दिएर शिक्षालाई सर्वसुलभ बनाउने काम गरेको छ । द टाइम्स कलेजले जस्तो सर्वसुलभ शिक्षा दिने अरु निजी क्षेत्रमा यो सरहका हैसियतमा रहेका कलेज शायदै होलान् ।

विशेषता नं ६ः आइएसओ प्रमाणपत्र प्राप्त कलेज

गुणस्तरीयता मापन गर्ने महत्त्वपूर्ण र विश्वासिलो आधार भनेको गुणस्तर चिह्न प्राप्त गर्नु हो । द टाइम्स कलेज ISO ९००१-२०१५ प्रमाणित गुणस्तर चिह्न प्राप्त गर्न सफल नेपालको अग्रणी कलेज मध्येमा पर्दछ । यो चिह्न प्राप्त गरेकोले पनि विद्यार्थी र अभिभावकहरूकाे  रोजाइमा परिरहेको छ ।

विशेषता नं ७ः विद्यार्थीको भूमिका नै महत्त्वपूर्ण मान्ने कलेज

द टाइम्स कलेजमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायमा पढ्ने विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि विद्यार्थीहरूबाट नै Science Club, Management Club गठन गरिएका हुन्छन् र ती क्लब मार्फत विद्यार्थीकै सक्रियतामा विगत सात वर्षदेखि प्रत्येक वर्ष राष्ट्रव्यापी भिजुअल क्वीज, ५ किलोमिटर म्याराथुन दौडको आयोजना हुँदै आएका छन् । साथै यी क्लबहरूमार्फत कलेज प्रशासनको सल्लाह, सुझाव र निर्देशन अनुसार अरू विभिन्न प्रकारका शैक्षिक गतिविधि सञ्चालन हुँदै आएका छन् ।

विशेषता नं ८ः  निश्चित भर्ना, निश्चित उद्देश्य

द टाइम्स कलेजले निश्चित विद्यार्थी भर्ना गर्ने र ती विद्यार्थीलाई निश्चित उद्देशमा पु-‍याउने गरी पठनपाठनका गतिविधिमा तथा अन्य विविध अतिरिक्त क्रियाकलापमा लगाउने हुनाले प्रत्येक वर्ष विद्यार्थीहरू, अभिभावकहरूको मन जित्न सफल भएको छ । अर्थात यो कलेजले क्षमता भन्दा बढी विद्यार्थी पनि लिदैन र भनेबमोजिमका गतिविधि गर्नमा पनि कुनै कमी राख्दैन ।

 विशेषता नं ९ः अभिभावकको सहज रोजाइ

द टाइम्स कलेजको सम्पत्ति भनेको नै अभिभावकहरू हुनुहुन्छ । यहाँ एकपटक जोडिनु भएका अभिभावकसँग वर्षौंसम्मको सुमधुर सम्बन्ध रहिरहने हुनाले तथा कलेज विविध गतिविधिमा, विद्यार्थीको नतिजाका समयमा, विभिन्न त्रैमासिक परीक्षाहरूका समयमा, दैनन्दिन विद्यार्थीमा देखिने कमीकमजोरीका विषयमा अभिभावकसँग गरिने अन्तर्क्रियाका कारण यस कलेजलाई सदा अभिभावकको साथ रहिरहेको छ ।

विशेषता नं १० शान्त, रमणीय र मनोरम वातावरण

काठमाडौंको मुटुमै भएर पनि कलेजको वरिपरिको वातावरण निकै शान्त र मनमोहक रहेको छ । डिल्लीबजार रोडबाट करीब ३० मिटर भित्र पर्ने यो कलेजमा भित्र छिरिसकेपछि कुनै बाहिरी कोलाहलले, कुनै दुर्गन्धले, बाटोबाट आइरहने बस आदिको आवाजले डिस्टप गर्दैन । भित्रै चमेना गृह, भित्रै खेल मैदान, भित्रै पुस्तकालय र छात्रावास पनि भित्रै भएकोले बाहिरी गन्जागोल वा भनौं काठमाडौंको बाहिरी अस्तव्यस्तताबाट मुक्त भई विद्यार्थीले शान्त, रमणीय र मनोरम वातावरणमा पढ्न पाउने वातावरण द टाइम्स कलेजमा रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.