add

नेकपाका नेतासहित १० भिआइपी जुवाडे पक्राउ






ActPro Nepal

|

७ असार, २०७७

|
1823

काठमाडौं । प्रहरीले विदुर नगरपालिका वडा नम्बर २ बाट नगद एक लाख भन्दा बढी रकम सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको एक होटलमा जुवा खेल्दै गरेको अवस्थामा शनिवार अपराह्यन प्रहरीले नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेकपा नुवाकोटका नेता एवं गैरसरकारी संस्थाका अभियन्ता पदम उप्रेती, नुवाकोट बट्टार क्याम्पसका शिक्षक ठाकुर पुडासैनी, प्रभु बैंकका शाखा प्रबन्धक दिपक सिंखडा लगायत रहेको प्रहरीले जानकारी दिएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी राजेश थापाले जानकारी दिए । 

पक्राउ गरेको उनीहरूबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.