add

हिमेश पन्त बने,पहिलो कमेडी च्याम्पियन






ActPro Nepal

|

१ चैत, २०७६

|
1257

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को विजेता हिमेश पन्त बनेका छन्। दर्शकको भोटका आधारमा उनी विजेता घोषित भएका हुन्।

विभिन्न चरण पार गर्दै सुमन, खड्गबहादुर पुन र हिमेश फाइनलमा पुगेका थिए। सुमन र खड्गबहादुर एकपटक आउट भईकन वाइल्ड कार्ड इन्ट्रीबाट पुनः प्रवेश गरेका थिए।

विजेताले २५ लाख नगद र डाट्सनको रेडी गो कार उपहार पाउने आयोजकले घोषणा गरेको छ। लाइभ प्रशारण भएको फाइनलका लागि आयोजकले तीन हजार दरका टिकट बेचेको थियो।

‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । कार्यक्रमको होस्ट भने रिमा विश्वकर्माले गरेकी छन्।

हास्य कलाकार हरिवंश आचार्यले  पन्त कमेडी च्याम्पियन भएको घोषणा गरेका थिए। विजेता पन्तलाई आचार्य र मदनकृष्ण श्रेष्ठले २५ लाखको चेक हस्तान्तरण गरेका थिए।

कमेडी च्याम्पियनको अडिसनबाट ८४ जना छानिएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.