add

बैंकिङ कसुर अभियोगमा स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक भेटवाल पक्राउ






ActPro Nepal

|

२७ फागुन, २०७६

|
1540

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको ३२ तले ‘काठमाडौं भ्यूटावर’ ठेक्का लिएर निर्माण कार्य गरिरहेका  जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक  मनोज कुमार भेटवाल पक्राउ परेका  छन् ।

तेह्रथुम घर भएका भेटवाललाई बैंकिङ कसुर गरेको अभियोगमा पक्राउ गरिएको महानगरीय परिसरंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

मनोजले दिएको ७५ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीबिरुद्ध बैंकिङ कसुरको जाहेरी प्रहरीमा दर्ता भएको थियो । 

सात अर्ब ६४ करोड रुपैयाँको लागतमा टावर बनाइरहेका भेटवालले ७५ लाख रुपैयाँमा किन ठगी गरे भन्ने स्पष्ट हुन सकेको छैन । जलेश्वर स्वच्छन्द बिकोई प्रालि हो उनको निर्माण कम्पनी । पछिल्लो समय सो निर्माण कम्पनी आर्थिक संकटमा फसेपछि टावर निर्माण पनि अलपत्र परेको छ । 

टावर बनाउन स्वच्छन्द बिकोईले ल्याएको उपकरणको भाडा तिर्न नसकेपछी पछिल्लो समय साहु कम्पनीले ती उपकरण फिर्ता लगेको थियो । साहु कम्पनीले उपकरण लगेपछि भेटवाल भारततिर लागेका थिए । नेपाल आएको मौका पारेर प्रहरीले उनलाई पक्रेको बुझिएको छ ।

०६८ असार २६ गते काठमाडौं महानगरपालिका नगरपरिषद्ले २३ रोपनी ५ आना जग्गामा सार्वजनिक निजी साझेदारी मोडलमा टावर निर्माण गर्ने निर्णय गरेको थियो । ०७१ फागुनमा सो टावरको टेण्डर भेटवालको कम्पनीले पाएको थियो । ३० बर्षे लिजमा लिएको विल्डर्सले पाँच बर्षमा निर्माण सम्पन्न गर्ने भनिएको थियो तर अझैसम्म टावरको डिपीसी समेत तयार भएको छैन् । टावरको शिलान्यास उपराष्ट्रपती नन्दबहादुर पुनले गरेका थिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.