add

कोरोना प्रभावित देशको भिसा रोक्ने सरकारको तयारी,कुन कुन देश जान पाईदैन ?






ActPro Nepal

|

२० फागुन, २०७६

|
1033

काठमाडौं । विश्वभर कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा नेपाल सरकारले कोरोना प्रभावित सबै देशको भिसा स्थगित गर्ने तयारी  गरेको   छ ।

सर्वोच्च अदालतले सोमबार संयुक्त अरब इमिरेट्स , कुवेत, जापान, दक्षिण कोरिया, इटली, चीनमा जान रोक लगाउन आदेश दिएसँगै ती देश जाने श्रमिकलाई श्रम स्वीकृति दिन स्वतः रोकिएको विभागले जनाएको छ ।

सर्वोच्च अदालतले दिएको आदेशलाई अध्ययन गर्दै श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय मंगलवार नै यस विषयमा निर्णय गर्ने बताएको छ ।

सर्वोच्च अदालतले कोरोना संक्रमणको खतरालाई नियन्त्रण गर्नको लागि नेपालबाट जाने सबै अन्तर्राष्ट्रिय उडान रोक्नको लागि सरकारलाई निर्देशन दिएको थियो ।

हालसम्म कोरोनाको कारण विश्वका विभिन्न देशमा ३ हजारभन्दा धेरैको मृत्यु भईसकेको छ ।

विश्‍व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा राखेसँगै सरकारले पनि सतर्कता बढाएको छ । यसबीचमा सरकारले भ्रमण वर्ष २०२० लाई स्थगित गरेको छ भने सगरमाथा संवाद पनि नगर्ने निर्णय लिएको छ ।

विभिन्न देशहरूमा सिधा उडान नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेसंगै सरकारले विमानस्थलमा सतर्कता बढाएको एयरपोर्ट कन्ट्रोलले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.