add

उपचारपछि जगदगुरु महायोगी ‘सिद्धबाबा’ जिल्ला अदालत सुनसरीमा उपस्थित






ActPro Nepal

|

२० फागुन, २०७६

|
1278

काठमाडौं फागुन । बलात्कार आरोप लागेका जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् । 

गत माघ ९ गते उपचारको लागि भारत गएका सिद्धबाबा मंगलबार  अदालतमा उपस्थित भएका हुन् । 

यसअघि जिल्ला अदालत, सुनसरी न्यायाधीश राधाकृष्ण उप्रेती १ नम्बर इजलासले दोषी हुन् भन्ने प्रमाण नपुगेको भन्दै सिद्धबाबालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । 

तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.