add

फिल्म ‘धुलो’ को ट्रेलर सार्वजनिक (भिडियो)






ActPro Nepal

|

७ फागुन, २०७६

|
865

फिल्म ‘धुलो’ को ट्रेलर सार्वजनिक गरिएको छ।

गरीबीले पिल्सिएका परिवारले गाँस, बास कपासका लागि गरेको दौडधुप अनि शिक्षा, स्वास्थ्य, रोजगारीका लागि पात्र संघर्ष नै फिल्मको मुख्य कथाका रूपमा देख्न सकिन्छ।

प्रधुम्न मिश्रको निर्देशनमा बनेको फिल्म ‘धूलो’ फागुन १६ मा प्रदर्शनमा आउने छ ।

फिल्ममा कलाकार बुद्धि तामाङ, सृजना सुब्बा, अग्रज केसी, दामोदर गजुरेल, अमृत पाण्डेलगायतको अभिनय रहेको छ।

फिल्ममा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवालाई पनि विशेष भूमिकामा देख्न सकिन्छ।

सिके वाग्लेको प्रस्तुति रहेको फिल्मलाई लक्ष्मी गौतम र नानीराम फुँयालले निर्माण गरेका हुन्। सुवास सिंह बस्न्यातको लेखन, रविन आचार्यको छायाँकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ।

फिल्मको ट्रेलर

https://www.youtube.com/watch?v=FNQtLjXaNmg#action=share



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.