add

नेपाल प्रवेश गर्दै पश्चिमी वायु, कस्तो रहन्छ आगामी तीनदिन ?






ActPro Nepal

|

७ फागुन, २०७६

|
843

काठमाडौं ।   जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिमी वायुको असरका कारण बुधबार देशका अधिकाशं स्थानको मौसम बदली भई केहि स्थानमा वर्षा र हिमपात हुने संभावना रहेको  जनाएको छ।

अहिले उपत्यकासहित मध्य र पश्चिमी पहाडमा हल्का बादल लागेको छ । बुधबार राति देशभर नै बादल लागेर पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

बुधबार

दिउँसोः देशको पश्चिमी भु(भागमा लगायत मध्य तथा पूर्वि पहाडी भु-भागमा आन्शिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

बिहिबार

दिउँसोः देशभर सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

शुक्रबार

दिउँसोः देशभर सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातीः देशभर आन्शिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.