add

मौसम पूर्वानुमान : बिहानैदेखि बदली भयो, दिनभर कस्तो रहला ?






ActPro Nepal

|

४ फागुन, २०७६

|
1079

काठमाडौं -जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा आइतबार बिहानैदेखि आंशिकदेखि सामान्य बदली भएको जनाएको छ । 

उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण आंशिकदेखि सामान्य बदली भएको   महाशाखाले जनाएको छ। 

आइतबार दिउँसो देशका पूर्वी, मध्य र पश्चिमी पहाडका केही भूभागमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान :-

फागुन ०४ गते (आइतवार)

दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। । पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा    रहने छ।

फागुन ०५ गते  (सोमवार)

दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०६ गते (मंगलवार)

दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ । पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.