add

नरेन्द्र मोदीको सुरक्षाका लागि दैनिक १ करोड ६२ लाख खर्च






ActPro Nepal

|

२ फागुन, २०७६

|
957

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि दैनिक १ करोड ६२ लाख रुपैयाँ खर्च हुने गरेको छ । 

केन्द्रिय गृह मन्त्रालयले संसदमा दिएको एक लिखित जवाफमा उक्त जानकारी दिइएको हो । भारतमा नरेन्द्र मोदीको लागि मात्र ‘स्पेशल प्रोटेक्सन ग्रुप’ (एसपीजी) सुरक्षाको ब्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको हो ।

भारतमा यस्तो खाले सुरक्षा प्रधानमन्त्रीको लागि मात्र उपलब्ध गराउने ब्यवस्था रहेको छ । यो सम्बन्धी संसदले कानुन बनाएको छ, जसले देशको प्रधानमन्त्रीले मात्र यो सुरक्षा पाउने उल्लेख गरिएको छ । साथै, प्रधानमन्त्रीबाट हटेको ५ वर्षसम्म यो सुविधा उपलब्ध हुने छ । त्यसपछि भने हटाइने छ ।

 सन् २०२० र २१ को लागि एसपीजीको लागि ५ अर्ब ९२ करोड भारु बजेट बिनियोजन गरिएको छ । अघिल्लो बजेटमा एसपीजीको लागि ५ अर्ब ४० करोड भारु बजेट बिनियोजन गरिएको थियो । त्यो समयमा भने ४ जनाको लागि यो सुरक्षा दिइएको थियो, जसमा प्रति व्यक्ति १ अर्ब ३५ करोड रुपैयाँ खर्च आएको थियो ।

त्यसपछि भने ऐन परिर्वतन गरेर एसपीजी सुरक्षा प्रधानमन्त्रीलाई मात्र उपलब्ध गराउने ब्यवस्था गरिएको हो । अघिल्लो वर्ष मोदीका अलावा यो सुरक्षा सोनिया गान्धी, राहुल गान्धी र प्रियङ्का गान्धीले यो सुरक्षा सुविधा लिएका थिए । त्यसपछि सरकारले गान्धी परवारलाई दिइरहेको यो सुविधा हटाएको हो । अहिले गान्धी परिवारको लागि ‘सीआरपीएफ’ सुरक्षा दिइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.