add

आज संकटा र थ्रीस्टार तथा पुलिस र ब्रिगेड भिड्दै






ActPro Nepal

|

२४ माघ, २०७६

|
1260

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (शुक्रबार) दुई खेल हुदैछ । 

ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे सुरु हुने पहिलो खेलमा थ्री स्टार क्लब र संकटा क्लब आमनेसामने हुँदैछन्।

पहिलो खेलमा गत सिजनको उपविजेता संकटा र उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार भिड्नेछन् । थ्री स्टार १७ अंक सहित चौथो र संकटा १५ अक सहित लिगको पाँचौ स्थानमा छ ।

दुवै टीम शीर्ष ६ मा रहँदै राष्ट्रिय लिगका लागि आफुलाई तयार पार्न चाहन्छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान साढे ११ बजे शुरु हुनेछ ।

दोस्रो खेलमा पुलिस र ब्रिगेड भिड्ने छन् । पुलिस शीर्ष ६ मा आफुलाई सुरक्षित गर्ने दाउमा हुनेछ भने ब्रिगेड रेलिगेशन जोनबाट आफुलाई सुरक्षित राख्न चाहन्छ ।

पुलिस १४ अंक सहित आठौं र ब्रिगेड ८ अंक सहित ११ औ स्थानमा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.