add

मौसम पूर्वानुमान आंशिक बदलीसँगै हिमपातको सम्भावना-कहाँ कस्तो रहने छ ?






ActPro Nepal

|

२३ माघ, २०७६

|
971

काठमाडौं-जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदिन आंशिक बदलीसँगै हिमपातको सम्भावना रहेको जनाएको छ ।


आगामी तीन दिनको मौसम पूर्वानुमान

रातिः देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई १/२ स्थानहरुमा हल्का वर्षा सम्भावनाका हुनुका साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

माघ २४ गते (शुक्रबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भाग सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

रातिः देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भाग सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

माघ २५ गते (शनिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडि भु-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

रातिः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदलीसहित थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी 

भोलि शुक्रबारबाट नेपालमा पश्चिमि न्यून चापिय प्रणालीको प्रभाव रहने र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.