add

पत्ता लाग्यो कोरोना भाइरसको औषधि






ActPro Nepal

|

२१ माघ, २०७६

|
1217

काठमाडौं । थाइल्यान्डका चिकित्सकले कोरोना भाइरसका बिरामी निको पार्ने औषधि पत्ता लगाएका छन् । थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार चीनबाट आएकी एक जना कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार गरिएको हो । राजाभिथी अस्पतालका डाक्टर क्रियांग्स एटिपार्नविचले चीनकी ७१ वर्षीया कोरोना संक्रमित महिलालाई एन्टिभाइरल औषधिको संयोजन गरेर निको पारेको बताएका छन् ।

उनलाई एचआइभी र फ्लूको उपचार गर्न प्रयोग गरिने औषधि दिइएको थियो । चिकित्सकका अनुसार ती महिलालाई सुरुमा एन्टि एचआइभी औषधि लगाइएको थियो । पछि दुवै औषधिको संयोजन गरेर ती महिलाको उपचार गरिएको हो । ‘उपचारका लागि आउँदा उनी गम्भीर अवस्थामा थिइन, तर नतिजा सन्तोषजनक रह्यो । बिरामीको अवस्था ४८ घण्टामै निकै सुधार आयो र परीक्षण गर्दा उनको शरीरमा कोरोनाको संक्रमण नराकात्मक देखियो डा . एटिपार्नविचलले भने । अहिले बिरामीमा श्वासप्रश्वाससम्बन्धी कुनै समस्या नदेखिएको अस्पतालले जनाएको छ ।

अमेरिकी स्वास्थ्य संस्था नेसनल इन्स्टिच्युट एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक डा. एन्थोनी फोसीले कोरोना भाइरसको उपचारका लागि अहिलेसम्म प्रभावकारी औषधि नभएको केही समयअगाडि बताएका थिए । सिएनएन डट कमले जनाएअनुसार बेइजिङका अस्पतालहरुले एचआइभी संक्रमितलाई दिने औषधिको प्रयोग गरेर कोरोना संक्रमितको उपचार सफल भएपनि यो अस्पष्ट रहेको बताएका छन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.