add

नेपाल–लग्जेम्बर्ग विदेशमन्त्री बिच द्विपक्षीय वार्ता






ActPro Nepal

|

१५ माघ, २०७६

|
789

नेपाल र लग्जेम्बर्गबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता भएको छ ।

 नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलबीच परराष्ट्र मन्त्रालयमा जारी द्विपक्षीय वार्तामा आपसी हित र चासोका विविध विषयका साथै साझा चासोका क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा पनि विचारविमर्श भइरहेको बताइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गरेका छन् । आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार उनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

वार्तामा युरोपेली सङ्घ तथा लग्जेम्बर्गका लागि नेपाली राजदूत लोकबहादुर थापा, नेपालका लागि लग्जेम्बर्गका राजदूत जिन क्लाउडी कुगनेरसहित दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी रहेका थिए । लग्जेम्बर्गले नेपालको शिक्षा, स्वास्थ्य र वातावरण संरक्षण एवं विकासका लागि संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घमार्फत विकास सहायता उपलब्ध गराउँदै आएको छ । 

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.