add

सरकारको प्राथमिकतामा नपरेको बाहिरी चक्रपथ निर्माणको ठेक्का चिनियाँ कम्पनीलाई






ActPro Nepal

|

१४ माघ, २०७६

|
1151

काठमाडौं ।  बाहिरी चक्रपथ निर्माणको काम ‘चाइना कम्यूिनकेशन कन्सट्रक्सन कम्पनी लिमिटेड’ नाम गरेको चिनीयाँ कम्पनीलाई दिने तयारी भइरहेको छ । 

लगानी बोर्डले चिनीयाँ ठेकेदार कम्पनीलाई सो निर्माण कार्यको ठेक्का दिनका लागि प्रारम्भिक तयारी गरेको हो । गत वर्ष गरिएको लगानी सम्मेलन मार्फत सो कम्पनी ‘सर्ट लिस्ट’मा परेको हो । 

लगानी प्रस्ताव आएका मध्ये सो कम्पनी सरकारको आर्थिक संक्षिप्त स्वीकृती सूचीमा परेको छ । सो कम्पनी मात्र उक्त सूचीमा परेकाले यो निर्माण ठेक्का उसैले पाउनी लगभग निश्चित रहेको हो ।हाल बोर्डले उक्त कम्पनीलाई प्रस्ताव पेशका लागि माग गर्ने तयारी गरेको छ । बोर्डका प्रवक्ता बलराम रिजालका अनुसार ‘रिपोर्ट फर प्रोजेक्ट’ ९आरएफपी० तयार पारेर चिनीयाँ कम्पनीलाई दिने तयारी भइरहेको छ ।

चिनीयाँ कम्पनीले प्रस्तावमा बाहिरी चक्रपथ कसरी निर्माण गर्ने, कतिमा निर्माण पुरा गर्न सकिन्छ, कहाँ के परिवर्तन गर्नु पर्छ र उसले कति समयमा काम सक्न सक्छ लगायतका जानकारीहरु उल्लेख गर्नुपर्नेछ ।

चिनीयाँ कम्पनीले आकर्षक लगानी प्रस्ताव गरे उसैले यो निर्माण ठेक्का पाउने ठूलो सम्भावना रहेको उनले बताए । उक्त प्रस्ताव आएपछि भौतिक पूर्वाधार र टेक्नीकल कमिटीबाट सो प्रस्तावको अध्ययन हुने उनले जानकारी दिए । 

त्यसपछि उक्त प्रस्ताव उपत्यका विकास प्राधिकरण मार्फत मूल्यांकनका लागि मन्त्रालयमा जाने छ । सो प्रतिवेदन अनुसार चिनीयाँ कम्पनीलाई ठेक्का दिने कि नदिने टुंगो लाग्ने छ । बाहिरी चक्रपथको निर्माण लागत १ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ अनुमान गरिएको छ ।

बाहिरी चक्रपथका चुनौतीहरु

बाहिरी चक्रपथ निर्माण गर्ने कुरा अहिले भने जति सहज नहुने रिजाल बताउँछन् । उनका अनुसार बाहिरी चक्रपथ निर्माणका क्रममा प्राविधिक र आर्थिक चुनौतीहरु धेरै आउन सक्ने सम्भावना रहेका छन् । बाहिरी चक्रपथ निर्माणका क्रममा ल्याण्ड पुलिङ एउटा चुनौतीको रुपमा रहेको छ भने त्यसको पुरानो संरचना अर्को चुनौती रहेको छ ।

कुल लम्बाइ ७.९३ किलोमिटर रहेको बाहिरी चक्रपथ निर्माणका लागि सडकको केन्द्रबाट दायाँ–बायाँ २ सय ५० मिटर जग्गा ल्यान्ड पुलिङमार्फत लिनुपर्ने हुन्छ ।

सो सडक ५० मिटर चौडाइको बनाइने छ । लिइएका जग्गामा आवश्यक सबै भौतिक संरचना निर्माण गरिने छ । बाहिरी चक्रपथमा ८ लेन सडक सहित साइकल लेन, हरियाली बेल्ट, फुटपाथ तथा अपाङ्ग मैत्री पेटीको समेत ब्यबस्था गरिएको छ ।

 सरकारको प्राथमिकतामा नपरेको बाहिरी चक्रपथ

उपत्यका विकास प्राधिकरणका योजना प्रमुख दिलिप भण्डारीका अनुसार बाहिरी चक्रपथको काम लगानी बोर्डले लगानी जुटाउनका लागि मात्र लिएको हो । लगानी आएपछि सो काम विकास प्राधिकरणले आफै हेर्ने छ ।

विगतमा सो सडक निर्माण सरकारको प्राथमिकतामा नपर्दा यो योजना पछि परेको उनी बताउँछन् । ‘त्यस बेला बाहिरी चक्रपथ निर्माण सरकारको उच्च प्राथमिकतामा परेन । 

हामीले मन्त्रालयमा नेपाल सरकारले लगानी गर्नेगरी प्रस्ताव गरेका थियौं तर, सरकारले आफैं लगानी गर्न नसक्ने भएपछि लगानी प्रस्ताव भएको हो । २०७५ साल चैत्र १५ र १६ गते भएको लगानी सम्मेलन भएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.