add

भ्रमण वर्ष लक्षित गरेर बुद्ध एयरले राजविराजमा पनि उडान गर्ने






ActPro Nepal

|

१४ माघ, २०७६

|
1167

भ्रमण वर्ष लक्षित गरेर बुद्ध एयरले यही आउदो  माघ १८ गतेदेखि  सातै दिन काठमाडौं देखि   राजविराज सम्म   उडान गर्न  भएको छ ।

जहाजले काठमाडौँबाट राजविराजका लागि ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौँका लागि १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्धारण गरिएको बुद्ध एयरले  जानकारी दिएको छ  ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने तथा यात्रुको चापलाई ध्यानमा राखी ७२ सिट क्षमताको विमानले उडान भर्ने जानकारी दिइएको छ” ।

राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण सहर हो । यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोसीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.