add

कोरोना भाइरसको नमुना अब नेपालमा नै परीक्षण हुने






ActPro Nepal

|

१३ माघ, २०७६

|
848

केही दिनयता चीनको वुहानबाट फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको कारणले कोरोना भाइरसको नमुना अब नेपालमा नै परीक्षण हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालका लागि एक सय जना बिरामीको परीक्षण गर्न सकिने गरी नोवल कोरोना भाइरस प्राइमर किट नेपालमा ल्याएको छ ।

विदेशी सप्लार्यसमाफर्त एक सय जनालाई पुग्ने किट आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइपुगेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकाले जानकारी दिएछको  छ ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी लगायत स्वास्थ्य निकायले विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरसको परीक्षण किटकको व्यवस्थापनका लागि सहयोग गर्न अपिल गरेको थियो ।

तर विश्व स्वास्थ्य संगठनले तत्काल किट उपलब्ध गराउने संकेत नदेखिएपछि स्वास्थ्य मन्त्रालयले एक सप्लार्यस माफर्त कोरोना भाइरसको परीक्षण किटको व्यवस्थापन गरेको हो ।

यसअघि चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरसको लक्षण देखिएपछि उनको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.