add

मार्सल आर्ट्स हाप्किडो संघका प्रशिक्षक गुरुङ सम्मानित






ActPro Nepal

|

११ माघ, २०७६

|
1455


नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनार नेपाल मार्सल आर्ट्स हाप्किडो संघ को अध्यक्ष काली बहादुर घर्ति मगर को सभाध्यक्षतामा र गण्डकी प्रदेश को सामाजिक विकास मन्त्री नर देवी पुन मगरको प्रमुख आतिथ्यमा उद्घाटन समारोह आज सम्पन्न भएको छ। 

अन्तर्राष्ट्रिय स्तरमा परिचित ग्रान्डमास्टरले प्रशिक्षण दिने सो सेमिनारमा ६ सय खेलाडीहरुको सहभागिता रहेको  छ । साथै नुवाकोट मार्सल आर्ट्स हाप्किडो संघ बेल्कोटगढी नगरपालिका को तर्फबाट ४० जना खेलाडीहरू सहभागी भएको छ ।  उक्त कार्यक्रममा ग्लोबल हाप्किडो एसोसिएसन मार्फत नुवाकोट मार्सल आर्ट्स हाप्किडो संघ को प्रशिक्षक प्रविण गुरुङ गोल्ड मेडलबाट सम्मानित भएको छ। गण्डकी मार्सल आर्ट्स हाप्कीडो एसोसिएसन र कास्की मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको सहयोगमा आयोजित  दुई दिने सेमिनारमा प्रशिक्षण दिन अमेरिकाका ग्रान्डमास्टर हि क्वान्ली र अस्ट्रियाका ग्रान्डमास्टर गेरहार्ड अग्रीन्च तथा स्पेन र इरानका मास्टर पनि सहभागिता भएको छ। 

सो कार्यक्रम मा करिब २ सय जनाले  डेमास्ट्रेसन प्रदर्शन गरेको छ। स्थापनाको छोटो समयमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको यस हाप्कीडो एसोसिएसनले नेपालमा स्थापना भएको वर्ष सन् २०१६ मा नै राष्ट्रिय सेमिनारको आयोजना गरेको थियो । यसै गरी,सन् २०१८ मा पहिलो अधिवेशन गर्दै यो एसोसिएसन व्यवस्थित बनेको हो । यसै वर्ष मात्र यसले रोल्पामा पहिलो राष्ट्रिय च्याम्पियनसिपको आयोजना गरिसकेको छ । राष्ट्रिय च्याम्पियनसिप भन्दा अघि जिल्ला र प्रदेशका च्याम्पियनसिप तथा सेमिनारको समेत आयोजना भएको थियो । काठमाडौँ सहरमा मात्र केन्द्रित रहने धेरै खेलको परम्परा भन्दा टाढा रहँदै यस एसोसिएसनले आफ्ना कार्यक्रम विभिन्न भूगोलमा आयोजना गर्दे आएको छ । साथै नेपालको भिन्न सामाजिक परिवेशलाई यसले महत्त्व दिँदै आएको छ ।

यस बिचमा यस एसोसिएसनमा आबद्ध खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत थुप्रै महत्त्वपूर्ण सफलता हात पारिसकेका छन् ।

छोटो समयमा थुप्रै दक्ष प्राविधिक तयार पार्दै सफलता पाउँदै गरेको यो एसोसिएसनले नियमित प्रशिक्षण दिँदै आइरहेको छ । यस सेमिनार नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन पनि महत्त्वपूर्ण हुने विश्वास लिएको आयोजक कमिटीले जनाएको छ ।

नुवाकोट का खेलाडी हरु ले उत्कृष्ट डेमो प्रदर्शन गरे बापत गोल्ड मेडलबाट सम्मानित गरिएको हो  ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.