add

‘निर्णायक छलफल’ पछी कांग्रेसमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति






ActPro Nepal

|

१० माघ, २०७६

|
1157

शुक्रवार करिब पाँच घन्टा बसेको शीर्ष नेताहरुको बैठकमा नेपाली कांग्रेसमा विगत दुई महिना यता संस्थापन र इतर पक्षबीच  चर्किएको विवाद समाधान गरेर अघि बढ्ने सहमति भएको छ ।

 बैठकमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा शशांक कोइराला, नेताहरु सिंह र सिटौलालगायत उपस्थित थियो  ।

बैठकमा सहभागी उपसभापति विमलेन्द्र निधिका अनुसार महाधिवेशन २०७७ फागुन ७–१० मा गर्ने सहमति भएको छ ।त्यस्तै महाधिवेशन कार्यतालिकालाई परिमार्जन गर्ने सहमति पनि बैठकमा भएको छ ।नेता निधिका अनुसार कार्यतालिकालाई पदाधिकारी बैठकले टुंग्याउने र केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिने निर्णय बैठकले गरेको छ ।

त्यस्तै असन्तुष्ट पक्षले गर्दै आएको क्रियाशिल सदस्य छानवीन समिति पनि गठन गर्ने सहमति बैठकमा भएको निधिले जानकारी दिए ।बैठकले नेविसंघको पदाधिकारी चयन आइतवार गर्ने निर्णयसमेत गरेको छ ।केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते बस्ने निर्णय बैठकले गरेको छ ।  ११ गतेको संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु प्रति वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षधरले असन्तुष्टी जनाउँदै आएको थियो ।

केन्द्रीय कार्यसमितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.