add

दीपक मनाङे पक्राउ पूर्जीका लागि प्रशासनमा निवेदन






ActPro Nepal

|

९ माघ, २०७६

|
1124

‘अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष (मिलन गुरुङ) लाई कुटपिट गरेको आरोप मा गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङे) विरुद्ध कास्की प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीका अनुसार , ‘अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउनका लागि नियन्त्रणमा लिनपर्ने भएकाले पक्राउ पूर्जीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छौं । पक्राउ पूर्जी जारी भएपछि पक्राउ गर्छौं ।’

पोखरामा जारी मुख्यमन्त्री कप (फुटबल) प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङले गुरुङमाथि हातपात गरेका थिए ।

मनाङेबाट कुटिएको गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.