add

नागढुंगा सुरुङमार्गको कामको प्रगति ४२ प्रतिशत, कुन संरचनामा कति ?






ActPro Nepal

|

२६ भदौ, २०७९

|
243

काठमाडौं ।  नागढुंगा सुरुङमार्गको समग्र कामको प्रगति ४२ प्रतिशत सम्पन्न भएको छ । यो आइतबार (२६ भदौ) सम्मको प्रगति हो ।

आयोजना अन्तर्गत सुरुङ निर्माणको प्रगति भने ६२ दशमलव ९० प्रतिशत पूरा भएको आयोजनाका कार्यवहाक निर्देशक माधव प्रसाद अधिकारीले जानकारी दिए । अघिल्लो महिना सुरुङ निर्माणको प्रगति ६० प्रतिशत थियो । आयोजनाको कुल वित्तीय प्रगति भने ४७ प्रतिशत भएको छ ।

काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर मध्ये १ हजार ५ सय ४३ मिटर सम्पन्न भएको छ । त्यस्तै, निर्माणाधीन नागढुंगा सुरुङमार्गको अडिट र मुख्य सुरुङ गरी कुल ५ हजार चार सय ९९ मिटर लम्बाइको सुरुङमार्ग खन्नुपर्नेछ ।

त्यसमध्ये २६ भदौसम्म ३ हजार ४५९ मिटर सम्पन्न भएको छ । जेठ २१ मा २ हजार ९ सय १ मिटर सम्पन्न भएको थियो ।

आयोजनामा मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ । त्यसमध्ये अहिलेसम्म १ सय ५४३ मिटर सम्पन्न भएको छ । इभ्याकुएसन सुरुङ कुल २ हजार ५ सय ५७ मध्ये १ हजार ७१५ र क्रस प्यासेज कुल एक सय २८ मिटरमध्ये ७४ मिटर खनिएको छ ।

वर्किङ अडिट एक सय २६ मिटरमा पूरै सम्पन्न भइसकेको छ । खनिएको कुल लम्बाइमध्ये काठमाडौंतर्फ १ हजार ७५८ र धादिङतर्फ १ हजार ७०१ मिटर खनिएको छ ।

कुन संरचनामा कति प्रगति ?

आयोजनाको लागि ३ वटा अन्डरपास निर्माण गर्नुपर्नेमा अहिलेसम्म २ वटा सम्पन्न भइसकेको छ । एउटा ओभर पास निर्माण गर्नुपर्नेमा अहिलेसम्म निर्माण भइसकेको छ । त्यस्तै, बक्स कल्भर्ट ४ वटै पूरा भएको छ ।

काठमाडौतर्फ निर्माण गर्नुपर्ने एउटा फ्लाईओभर निर्माणस्थलको भने अहिले जग्गा प्राप्तिको लागि मुआब्जा दिने काम भइरहेको छ । सँगै फाउण्डेशन निर्माणको काम समेत थालिएको छ । कुल १२ वटा संरचना निर्माण गर्नुपर्नेमा १० वटा पूरा भइसकेका छन् ।

आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । थालनीमा २० अर्ब ६० करोड रुपैयाँ हुने अनुमान थियो । तर, जापानिज येन बलियो भएका कारण जग्गा प्राप्तिमा भएको खर्च बढेर २२ अर्ब १४ करोड रुपैयाँ पुगेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.