add

शेयर बजारमा नयाँ रेकर्ड, ४ अर्ब ८४ करोड नाघ्यो कारोबार






ActPro Nepal

|

१८ फागुन, २०७६

|
1024

काठमाडौं । साताको पहिलो दिन शेयर बजारको कारोबारमा फेरी नयाँ रेकर्ड भएको छ ।

यसअघि गत फागुन १५ गते कुल ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आइतवार १ सय ८३ कम्पनीको १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ता शेयर ३९ हजार २ सय ८९ पटक किनबेच हुँदा ४ अर्ब ८४ करोड ७४ लाखको कारोबार भयो ।

यो रकम शेयर बजारको इतिहासमै सबैभन्दा धेरै भएको कारोबार हो ।

आइतवार नेप्से परिसूचक भने झण्डै ४१ अंकले घट्यो । आज नेप्से परिसूचक ४०.८२ अंकले घटेर १ हजार ५ सय ९१.३६ अंकमा झरेको छ। यो कारोबार भएको अघिल्लो दिनको तुलनामा २.५० प्रतिशत कम हो ।

त्यस्तै, आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आइतवार सेन्सेटिभ इन्डेक्स ७.०४ अंकले घटेर ३ सय ४०.६४ अंकमा झरेको छ ।

आइतवार फाइनान्स बाहेक अन्य सबै समुहको सूचक घट्यो । फाइनान्सको सूचक ०.०६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सूचक घट्यो । उत्पादन तथा प्रशोधनको ५.२१ प्रतिशत घट्यो । त्यस्तै, जीवन बिमाको ४.८७ प्रतिशत, निर्जीवन बिमाको ४.३८ प्रतिशत घट्यो भने अन्य समुहको पनि राम्रै अंकले घट्यो ।

आइतवार सबैभन्दा धेरै मितेरी विकास बैंकका शेयर धनीले कमाए । मितेरीको शेयर मूल्य ९.९० प्रतिशत बढ्यो । त्यस्तै, मञ्जुश्री फाइनान्सको ९.८८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा बोटल्स नेपालका शेयर धनीले कमाए । बोटल्स नेपालको शेयर मूल्य ९.९९ प्रतिशत घट्यो । त्यस्तै, स्वाभिमान लघुवित्त वत्तिय संस्थाको ८.८९ प्रतिशत घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार एनएमबी बैंकले गर्यो । बैंकले २६ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार गर्यो


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.