add

बीमा कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी - कसरी दिन सकिन्छ आवेदन पुरा पढ्नुहोस






ActPro Nepal

|

१४ फागुन, २०७६

|
779

काठमाडौं, १४ फागुन । दुई बीमा कम्पनीले ठूलो संख्यामा कर्मचारीको माग गरेका छन् ।

कर्मचारी माग गर्ने कम्पनीहरुमा एक निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनी रहेको छ भने अर्को जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले म्यानेजर असिस्टेन्टका लागि १ जना, सिएका लागि २ जना, सिनियर अफिसरका लागि २ जना, कार्मेटिङ असिस्टेन्टका लागि १५ जना र जेटिएका लागि ४ जना गरी कूल २४ जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइसुक्नुपर्नेछ ।

त्यस्तै, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले म्यानेजमेन्ट ट्रेनीका लागि कर्मचारीको माग गरेको हो ।

क्षेत्रिय कार्यालयका लागि १४ जना, उपत्यका बाहिरका विभिन्न शाखाक कार्यालयका लाष्गि १२ जना, र कर्पोरेट अफिसका लागि १० जना गरी कुल ३६ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन २१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.