add

बहुचर्चित मध्यपहाडी लोकमार्गको काम लक्ष्यअनुसार अघि बढ्न सकेन






ActPro Nepal

|

७ फागुन, २०७६

|
739

काठमाडौं, ७ फागुन । बहुचर्चित मध्यपहाडी लोकमार्गको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन ।

आर्थिक वर्ष ०६४ र ६५ मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी लोकमार्गको रेखाकंन प्रस्ताव वि.स. २०६५ फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो ।

यस आयोजनाको प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड रहेकोमा संशोधित कुल लागत करिब ८४ अर्ब ३३ करोड पुगेको छ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो मार्गलाई पुष्पलाल मध्यपहाडी लोकमार्ग नाम दिइएको छ । पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो मार्ग हो ।

कुल १ हजार ८ सय ७९ किलोमिटर सडकमध्ये हालसम्म ८ सय २ किलोमिटरमात्र कालोपत्रे भएको छ ।

आर्थिक वर्ष ०७४ र ०७५ मा निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि कामले गति लिन नसक्दा निर्धारित समय गुज्रेपनि आधासम्म काम भएको छैन् ।

पूर्वदेखि पश्चिमका मध्यपहाडी क्षेत्रका बस्ती, शहर र भूभागलाई सडकको पुहँचमा पुर्‍याउने लक्ष्यसहित क्षेत्रका २५ जिल्ला र २ सय १५ बस्तीहरू जोड्ने लोकमार्गको लम्बाई करिब १८७९ किमि रहेको छ।

चालु आर्थिक वर्ष २०७६र ७७ मा यस आयोजनामा १२ अर्ब १९ करोड ९२ लाख बजेट विनियोजन भएकोमा समीक्षा अवधिसम्म २ अर्ब ४८ करोड ६२ लाख खर्च भएको छ।

समीक्षा अवधिमा २८ किमी सडक कालोपत्रे भएको, ५ वटा पुल निर्माण भएको, ३४ किमि सडक निर्माणको ठेक्का सम्झौता भएको, ५५ किमि सडक निर्माणको ठेक्का व्यवस्थापनको अन्तिम चरणमा रहेको छ।

आर्थिक वर्ष २०७५ र ७६ को अन्त्यसम्म यस आयोजनामा ३९ अर्ब ९१ करोड खर्च भएको छ। यो लोकमार्गको कुल लम्बाई १८७९ किमि मध्ये ८०२ किमि कालोपवे सम्पन्न भइसकेको छ।

लोकमार्गको कुल १२९ पुल मध्ये ६७ वटा पुलको निर्माण सम्पन्न भएको छ। यो सडक निर्माणबाट मध्यपहाडी भूभागको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, शैक्षिक लगायतका क्षेत्रको सन्तुलित विकास हुने अपेक्षा गरिएको छ।

मध्यपहाडी लोकमार्ग आयोजनाले विभिन्न खालका समस्या कारण गति दिन सकेको छैन।

सडक सीमा यकिन नभएको, निर्माण सामाग्री अभाव, जलाशयुक्त आयोजनाहरुको प्रभाव क्षेत्र यकिन नहुँदा निर्माण द्वीविधा, मुआब्जा विवाद, युटिलिटिज रिलोकेसन ढिलालगायतका समस्याले पछि परेको दाबी आयोजनाले गर्दै आएको छ ।

अहिलेसम्मको प्रगति हेर्दा १ हजार ७ सय ७९ किलोमिटर सडकमा ८ सय दुई किलोमिटर मात्र कालोपत्रे सम्पन्न भएको छ । अझै ९ सय ६७ किलोमिटर सडक कालोपत्रे बाँकी नै छ भने विभिन्न कारणले कतिपय स्थानमा काम रोकिएको पनि छ ।

यो लोकमार्गको हालसम्मको प्रगति हेर्दा अबको ४ वर्षभित्रमा काम सम्पन्न हुनेमा विश्वस्त हुने सम्भावना कम छ ।

मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ ।

त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ ।

यो मार्गको मध्यविन्दू नुवाकोटको पाती भन्ज्याङलाई बनाइएको छ । शुरुमा काठमाडौं जोड्ने भनिए पनि पछि काभ्रेको पाँचखालबाट सिन्धुपाल्चोक हुँदै नुवाकोटतिर लगिएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.